
केदारेश्वर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १७ औ साधारण सभा सम्पन्न भएको छ।
खैरहनी १३ स्थिति संस्थाको परिसरमा सप्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष टिकादेवी दाहाल रहनु भएको उक्त कार्यक्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठ विशिष्ट अतिथी रहनु भएको थियो।
घाटामा रहेको सस्थाले पछिल्लो समयमा उल्लेख्य प्रगती गर्दै कृषकहरुलाई विभिन्न समयमा बोनस रकम गाईबस्तुलाई भिटामिन घासका बिरुवा बिभिन्न कार्यक्रम गरिएको ब्यवस्थापक जीवन कार्कीले बताउनु भएको छ।
लेखा समिति सदस्य गोबिन्द दुवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष राम बहादुर अधिकारीको अध्यक्षता सम्पन्न भएको थियो।