न सावधानी छ न भौतिक दूरी, कता हरायो कोरोना? यसो भन्छन् विज्ञ

न सावधानी छ न त भौतिक दूरी । लाग्छ- कोरोना छ भन्नेमा कसैलाई हेक्का छैन। सरकारले लगाएका प्रतिबन्ध सबै खुलिसके । त्यसमाथि दलहरूले हजारौं सर्वसाधारण भेला पार्ने प्रतिस्पर्धा गराएर ‘राजनीतिक मेला’ लगाइरहेकै छन् । तर, कोरोना भने घट्दै–घट्दै गएको देखिन्छ । कारण के हो? आजको अन्नपूर्ण पोष्ट दैनिकले विज्ञहरुको धारणासहितको खबर प्रकाशित गरेको छ।

डा.सागरकुमार राजभण्डारी, निर्देशक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
कोरोना भाइरस लामो समयसम्म रहँदैन । संक्रमणले एउटा उचाइ लिइसकेपछि घट्न सुरु भएको छ । शरीरमा एन्टिबडी (रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति)को विकास भई हर्ड इम्युनिटी (प्राकृतिक रूपमा समुदायको धेरै जनसंख्यामा प्राप्त रोग प्रतिरोधात्मक क्षमता)का कारण पनि संक्रमणदर घटेको हुन सक्छ।

डा.प्रदीप ज्ञवाली, कार्यकारी प्रमुख, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्
हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी भएर हो कि वा अन्य कुनै कारण छ भनेर हामी अध्ययन गर्दै छौं । वंशाणुगत कारण वा हर्ड इम्युनिटीको विकासबारे पनि अनुसन्धान नगरी केही भन्न सकिँदैन।

डा.अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ
संक्रमितको संख्या घटेको हो । सम्भावित व्यक्तिलाई संक्रमण भइसकेको देखिन्छ । सहर बजारमा हर्ड इम्युनिटीमा पुगेको होला भन्ने मेरो अनुमान छ । हामीसँग आँकडा छैन । अनुमानकै आधारमा बोल्नुपर्ने अवस्था छ ।

डा.शेरबहादुर पुन, क्लिनिकल रिसर्च युनिट संयोजक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
कोरोना संक्रमण चरमोत्कर्षबाट तुलनात्मक रूपमा मत्थर भएको छ । शरीरमा एन्टिबडी विकास भएर संक्रमण घटेको हो कि भन्ने सम्भावना व्यक्त गर्न सकिन्छ । समुदायमै गएर विधि प्रक्रिया मिलाएर एन्टिबडी टेस्ट वा सेरो प्रिभिलेन्स गर्न पाएको भए ढुक्कसँग भन्न सकिन्थ्यो ।

Bidh Lab
डा.बाबुराम मरासिनी, जनस्वास्थ्यविद्
अहिले संक्रमण घटेकै छ । तर, राजनीतिक दलका गतिविधिका कारण संक्रमण बढ्न पनि सक्छ । भित्रभित्रै संक्रमण भइरहेको छ भने होली आसपास संक्रमितको संख्या बढ्न सक्छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker