
बैत्यश्वर समाचारदाता
दोलखा । जनयुद्ध दिवसको अबसरमा सहिद स्मृति आवासिय माध्यामिक बिधालय जिरिमा
शैक्षिक सामाग्री बितरण गरिएको छ।
दोलखा स्थायी घर भइ हाल अमेरिका बस्दै आएकि पद्मा प्रधानको सहयोगमा सो बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको हो
२६ औं जनयुद्ध दिवसको अबसरमा आयोजित कार्यक्रममा पुर्व राज्य मन्त्री एबं नेकपा दोलखाकी इन्चार्ज देबि खड्काले विद्यार्थीलाई सो सामाग्री बितरण गरेकी हुन।
ब्यवसायी एबम नेकपा नेता पुष्कर अधिकारिको आग्रहलाइ स्वीकार गर्दै प्रधानले कापी,कलम,बल,नेट लगायतका ५० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेकी थिइन।
२ सय ५९ विद्यार्थी रहेको सो बिधालयमा सहिद परिवारका छोराछोरी , गरिब, असहाय बिपन्न परिवारका छोराछोरी अध्ययन गर्दछन।
सहयोग गरेकोमा पद्मा प्रधानलाइ बिधालयका कार्यबाहक अध्यक्ष गेल्बु शेर्पाले धन्यवाद दिएका थिए।