विकास बजेट ब्याजमा लगाउँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले विकासको नयाँ मोडल अभ्यास गरिरहेको छ । राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा महानगरले मुद्दती खातामा राखेर नौ प्रतिशत ब्याज उठाइरहेको छ ।

महानगरको विकास खर्च स्थिति दयनीय छ । चालू आर्थिक वर्ष ०७७र७८ का लागि १६ अर्ब ४२ करोड बजेट छुट्याएको महानगरले विकासतर्फ ९पुँजीगत बजेट० नौ अर्ब ६ करोड ४७ लाख विनियोजन गरेको थियो । तर, ६ महिनामा ६९ करोड ६२ लाख अर्थात् ७।६९ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । विकासतर्फ कामै गर्न नसकेपछि महानगरले आर्थिक स्रोतबाट ब्याज उठाउने रणनीति लिएको छ । यही क्रममा नबिल बैंकमा एक अर्ब रुपैयाँ राखिएको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पर्याप्त तरलता भएपछि ब्याज आर्जन हुने गरी रकम मुद्दतीमा राखिएको बताए । ‘यसरी राख्दा नौ प्रतिशत ब्याज आउँछ,’ उनले भने । महानगरपालिकाको राजस्व विभागका अनुसार हाल महानगरसँग आठ अर्ब तरलता छ, जसमध्ये एक अर्ब मुद्दती र बाँकी सात अर्ब विभिन्न कोषमा छ ।

‘राजस्वबाट संकलित रकम मुद्दती खातामा रु’ पूर्वअर्थसचिव रामेश्वर खनाल आश्चर्य मान्छन् । ‘राजस्व त देशको उन्नतिका लागि खर्च गर्न हो, बजेटको सीमामा रहेर अधिकतम खर्च गर्नुप¥यो । मुद्दतीमा राखेर ब्याज खानु नागरिकमाथि अन्याय हो । करबाट उठाएको र बजेटमा तोकिएको खर्च पनि गर्न नसकेर मुद्दतीमा राख्नु गम्भीर आर्थिक अपराध हो,’ उनले भने ।नयाँ पत्रिकामा खबर छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker