युवा क्लब र अलायन्स क्लब अफ भण्डारा सिटिको संयुक्त आयोजनामा शैक्षिक सामाग्री वितरण

आशिष उप्रेती, चितवन, फागुन ४-
पूर्वी चितवनको राप्ती नगरपालिका ५ मा रहेको श्री शिखर राष्ट्रिय प्राथमिक विद्यालयका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको छ ।                                        जेपी युवा क्लब र अलायन्स क्लब अफ भण्डारा सिटिको संयुक्त आयोजनामा आज सरस्वती पुजाको अवसर पारेर सो विद्यालयका १ सय २५ जना विद्यार्थीहरुलाई कापी, कलम र ईरेजर वितरण गरेको हो ।
                                                                विद्यार्थी भाई बहिनीहरुको शिक्षामा केही सहज र परिवर्तन होस् भन्ने उदेश्यले शैक्षिक सामाग्री वितरण गरीएको जेपि युवा क्लबका अध्यक्ष अबिप कंडेलले बताए । साथसाथै आर्थिक अभावका कारण शैक्षिक सामाग्री खरिद गर्न नसकेर पठनपाठनमा समस्या नहोस् भनेर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको उनले बताए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको यि क्लबहरुले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।
                                                                 शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा शिखर राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक गजेन्द्र शाह रहनुभएको थियो ।
क्लबका सदस्य पुजा कंडेलले सञ्चालन गरेको शैक्षिक सामाग्री वितरण कार्यक्रममा कार्यक्रम संयोजक आर्यन सेढाई, क्लबका संस्थापक सल्लाहकारहरु,
शिक्षक, समाजसेवी ब्यक्तित्वहरु, युवाहरु, स्थानीय बासीहरु लगायतको सहभागिता रहेको थियो ।           

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker