राजेश हमालको बिरोध गर्ने समुह म महानायिका हुँदा पनि असन्तुस्ट हुन्छन करिश्माको बिषेश खुलासा (भिडियो सहित )

सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो ।

करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो । उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा पनि दर्शक तथा मिडियाले उनलाई ‘सदाबहार नायिका’ नै भन्दै आएका थिए ।

यसपछि, भने उनको नामको अगाडि यो ट्याग अझै विशेष तरिकाले प्रयोग गर्न थालिएको हो । उनै, करिश्मालाई केही दिन अगाडि काठमाण्डौमा आयोजना भएको कार्यक्रममा एक संस्थाले ‘महानायिका’को उपाधि दियो ।

करिश्माले दुबोको माला लगाएरै सम्मान ग्रहण गरिन् । यसपछि भने करिश्मालाई दिइएको यो उपाधिमाथि प्रश्न चिन्ह पनि उठ्न थालेको छ । के करिश्मालाई उपाधिको आवश्यकता छ ? के करिश्मा मानन्धर आफैमा ब्रान्ड होइनन् ? उनी आफूलाई ‘महानायिका वा सदाबहार नायिका’मध्ये के भन्न चाहन्छिन् ? भिडियो सहित

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker