आज पनि घट्यो सुनको मूल्य

काठमाडौँ– सुनको मूल्य ७ महिनापछि पहिलोपटक ९० हजारभन्दा तल झरेको छ। बुधबार सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो।जेठमा सुन बजारका लागि कायम गरेको मूल्य ८७ हजार ७ सय रुपैयाँ थियो।

त्यसपछि लगातार बढ्न थालेको मूल्य असारमा प्रतितोला ८९ हजार ७ सय रुपैयाँ भयो। त्यसपछि भने सुनको भाउ लगातार उकालो लाग्दै तोलाको १ लाख रुपैयाँ माथि पुग्यो।यतिबेला पुनः सुनको मूल्य घट्दै प्रतितोला ८९ हजार ८ सय रुपैयाँ भएको छ।

केही समयदेखि सुनको मूल्य प्रतितोला ९० हजारभन्दा तल झरेको थिएन। चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। अघिल्लो दिनको भन्दा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker