भागरथीका हत्यारा सार्वजनिक, खोले अहिलेसम्म थाहा नभएको रहस्य

काठमाडौं, ५ फागुन । भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरले ढुकेर उनको हत्या गरेको खुलासा भएको छ। बुधबार पत्रकार सम्मेलन गरी भागरथी भट्टको बलात्कार तथा हत्याका अभियुक्त दिनेश भट्टले ढुकेर नै गरेको जिल्ला प्रहरी कार्यालय बैतडी जानकारी दिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी ० उत्तमराज सुवेदीले हत्याका अभियुक्त भट्टले हत्या गर्न भागरथीलाई अगाडि नै लवलेक जंगलमा कुरेर बसेको सम्मेलनमा बताएका छन् ।

सम्मेलनमा जानकारी दिइएअनुसार माघ २१ गते दिउँसो करिब २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए। साथीहरूसँग जाँदा उनी बजारबाट साथीहरूसँग छुटेर घर जाने भन्दै फर्किएको डिआइजी सुवेदीले बताए।

यद्यपि, अभियुक्त भट्टले भने बलात्कार नगरेको, पुरानै रिसिबीका कारण हत्या गरेको प्रहरीसँगको बयानमा भनेका छन्। यस विषयमा प्रहरीले अनुसन्धानमा बाधा पर्ने भन्दै रिसिबीबारे भने खुलाएको छैन।

घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको डिआइजी सुवेदीले बताएका छन्। उनका अनुसार ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको र अभियुक्त भट्टविरुद्ध भागरथीले दाइले किटानी जाहेरीसमेत दिएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker