लक्की मिडिया हाउसको बार्षिकोत्सवमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक बिपिन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान गरिएको हो ।

नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै नायक कार्की र नायिका शर्मालाई सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की “लक्की” बताएका छन् । बार्षिकोत्सव कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी , समाजसेवी र खेलाडीहरु पनि सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव आदरणीय चेतबहादुर सिंह ‘राजा’ , नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी लगायत उद्योगी व्यवसायी, नेताको सहभागिता रहेको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरेद्धारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker