भाइ पर्नेबाट बाटो ढुकेर भागरथीको हत्या

बैतडी स् भागरथी भट्टको हत्या आरोपमा प्रहरीले उनकै भाइ नाता पर्ने १६ वर्षे दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले १४ दिनको अनुसन्धानपछि दिनेशले साविती बयान दिएको जानकारी दिए।

‘साविती बयान नै मुख्य प्रमाण हो’, डीआईजी सुवेदीले भने, ‘अझ त्यसमा तीन जना प्रत्यक्षदर्शी, प्राविधिक टोलीको अनुसन्धान र आरोपीको शरीरमा देखिएको सामान्य चोटपटकजस्ता प्रमाणका आधारमा हामी अभियुक्तको नजिक पुगेका हौं।’

दिनेश प्रहरीलाई प्रारम्भिक बयान दिएर घर फर्किएका थिए। प्रहरीले शनिबारदेखि मंगलबारसम्म चार दिन लगातार गहिरो अनुसन्धानको घेरामा राखेको थियो। शनिबारदेखि उनलाई बिहान प्रहरी चौकी खोचलेकमा बोलाउने र बेलुकी घर पठाउने गर्दै लगातार सोधपुछ गर्दै आएको थियो।

‘उनले मंगलबार साविती बयान दिएका हुन्’, डीआईजी सुवेदीले भने, ‘उनी विद्यालयबाट आएर खोचलेक भन्ने बजारबाट भागरथीको पछि–पछि घरतिर गएका छन्। सिल्ल भन्ने स्थानमा उनी भागरथीलाई उछिनेर अगाडि गएका छन्। घटनास्थलमा पुगेर उनले भागरथीलाई कुरेका छन्। त्यसपछि घटनास्थलमा पुग्नेबित्तिकै धकेलेर खोल्सोमा फालेका छन्। त्यहाँ उनले घाइते अवस्थामा रहेकी भागरथीको घाँटी थिचेर हत्या गरेका छन्।’

तर, दिनेशले हत्यामा संलग्नता स्वीकार गरे पनि बलात्कार भने स्वीकार गरेका छैनन्। ‘उनले भागरथीको हत्या गरी तल्लो वस्त्र खोलेको तर बलात्कार नगरेको बयानमा भनेका छन्’, सुवेदीले भने, ‘त्यसको पनि सरकारी वकिलका सामुन्ने गहिरो अनुसन्धान गर्ने क्रम जारी छ।’

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका भागरथी र दिनेश दुवै जनाले स्थानीय भूमिराज विद्यालयबाट एसईई उत्तीर्ण गरेका थिए। त्यसपछि भागरथी वडा नम्बर ३ स्थित सनातन धर्म माविमा कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे। दिनेशलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा डीआईजी सुवेदीसहित संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी जनकराज पाण्डे, जिल्ला प्रहरी बैतडीका डीएसपी नारायण अधिकारी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाँकु उपस्थित थिए। अन्नपुर्ण पोष्ठमा खबर छ ।

भागरथीका दाइ केशव भट्टले दिनेशविरुद्ध जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीले पीडित परिवारका तर्फबाट जाहेरी परेको जानकारी दिएको छ।

अभियुक्तप्रति चार आशंका
पहिलो स् दिनेश टिफिन टाइममा भलिबल खेलेर पाँचौं घण्टी लाग्नेबित्तिकै सनातन धर्म माविबाट घर आए। तर, उनले प्रहरी र आफन्तलाई आफू एक पिरियड छाडेर मात्रै घर आएको बताए। प्रहरी भन्छ, ‘उनले घटनापछि घर पुगेको समय लगभग पूरै पढेर आएको भन्दा झन्डै–झन्डै एक पिरियड अगाडि हुन्छ। समय मिलाउन झुटो बोलेको।’
दोस्रो स् १स्४५ मा टिफिन टाइम सकिन्छ। १स्५० मा दिनेश, भागरथी, भानदेव र लीलाधर खोचलेकमा भेटिन्छन्। भागरथी घर हिँडिहाल्छिन्। लीलाधर र भानदेव कपाल काट्न सैलुनमा छिर्छन्। तर, प्रहरी भन्छ, ‘दिनेश कता गए रु बताउँदैन।’
तेस्रो स् खोचलेकबाट झन्डै १स्५५ तिर दिनेश भागरथीको पछि–पछि घर जान्छन्। त्यहाँबाट घटनास्थलको दूरी पैदल ४० मिनेट हाराहारी हो। उनले २स्३५ बजेसम्म लवलेक बन पार गरिसक्नुपर्छ। तर, उनलाई ३स्२५ बजे पासिमबाटाका मानिस घर जाँदै गरेको देख्छन्। प्रहरी भन्छ, ‘त्यो बीचको ५० मिनेटको समयमा दिनेश कहाँ गए रु’
चौथो स् दिनेश भागरथीको शव फेला परेको दिन घटनास्थलमा आएर केही बेरपछि घर फर्के। उनी तालिमप्राप्त कुकुर आएको दिन घटनास्थल नै गएनन्। प्रहरी भन्छ, ‘उनलाई कुकुरले समात्ने डर लाग्यो।’
यस्तै कारणले उनीमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। दिनेशले आफूलाई खोचलेकमा देख्ने मानिससँग झगडा गरेकाले पनि उनी झन् शंकाको घेरामा परेको प्रहरीले बतायो।

यस्तो छ साविती बयान
९अनुसन्धान अधिकृतसँगको कुराकानीमा आधारित०
दिनेश माघ २१ गते टिफिन टाइममा भलिबल खेलेर घण्टी लाग्नेबित्तिकै भागेर घर आए। बिनाड्रेस गएको भनी शिक्षकले हप्काएका चडेपानीकै भानदेव भट्ट र लीलाधर भट्ट पनि टिफिनको समयमा स्कुलमै भलिबल खेलेर घर आए।

भागरथी व्यवस्थापन विषय पढ्थिन्। उनी पढ्ने सनातन धर्म माविले व्यवस्थापन विषयका विद्यार्थीलाई टिफिनमा पनि पढाएर पाँचौं घण्टीमा बिदा गर्दै आएको थियो। त्यसकारण पनि टिफिनमा भलिबल खेलेर घर फर्किरहेका दिनेश, भागरथी र अरू दुई जनाको नजिकै खोचलेक बजारमा भेट भयो।

भागरथीले भानदेवलाई कति बेला जाने भनेर सोधिन्। भानदेवले कपाल काटेर जाने भनेपछि भागरथी घरतिर हिँडिन्। लीलाधर र भानदेव सैलुनमा छिरे भने दिनेश भागरथी हिँडेको ४–५ मिनेटपछि घरतिर हिँडे। उनले भागरथीलाई खोचलेकबाट १५ मिनेट पैदल दूरीमा रहेको सिल्ल भन्ने गाउँमा ओभरट्याक गरे।

दिनेश भागरथीलाई छाडेर सिधै अगाडि जाँदै गरे। उनी घटनास्थल भएको ठाउँमा भागरथीभन्दा केही मिनेटअघि पुगेका थिए। भागरथी मोबाइलमा एयरफोन लगाएर गीत सुन्दै घरतिर आइरहेकी थिइन्। घटनास्थलमा दुवै जनाको भेट भयो। मुस्कुराउँदै आफूनजिक आएकी भागरथीलाई दिनेशले धक्का लगाएर खोल्सोमा फाले।

त्यो खोल्सो लवलेक जंगलको ५० प्रतिशत वन क्षेत्र कटिसकेपछि छ। खोल्सोभन्दा चार–पाँच सय मिटरमा पासिमबाटा भन्ने गाउँ छ। भागरथी खोल्सोमा धकेलिएपछि घाइते भइन्। घाइते अवस्थामा फेरि दिनेशले अलि तल फाले। त्यति बेला भागरथी प्रतिकार गर्न नसक्ने अवस्थामा पुगिसकेकी थिइन्।

तेरा बाले मेरो फुपूको बलात्कार गर्ने रु भनेर उनले भागरथीको घाँटी थिचे र मारिदिए। त्यसपछि भागरथीको तल्लो वस्त्र मात्रै खोले उनले। भागरथीको फोन खोल्सोको बीचमै खसेको थियो। दिनेश उनको फोन लैजान फेरि शव भेटिएको स्थानभन्दा अलि माथि आए। उनले फोनको ब्याट्री झिके र केही पर गएर फालिदिए। जुन स्थान प्रहरीको तालिमप्राप्त कुकुरले पछ्याएको थियो।
जिल्लाबाट काठमाडौंसम्मको टोली अनुसन्धानमा
माघ २१ गते भएको भागरथीको हत्या घटना निर्मला पन्त प्रकरणसँग तुलना गरेर चर्चामा आउन थाल्यो। शव भेटिएकै भोलिपल्ट माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डेलाई घटनास्थल पठायो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अपराध विज्ञ पञ्चकुमार बाँकु पनि प्राविधिक टोलीसहित प्रहरी चौकी खोचलेक पुगे।

अनुसन्धान अघि बढ्दै गर्दा विरोध प्रदर्शन हुन थालेपछि सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सुवेदी माघ २५ गते खोचलेक पुगे। खोचलेक प्रहरी चौकीलाई केन्द्र बनाएर डीआईजी सुवेदीको नेतृत्वमा अनुसन्धान अगाडि बढ्यो।
‘काठमाडौंबाट र प्रदेशभरिका एक सय हाराहारी अपराध अनुसन्धान विज्ञ विभिन्न दर्जाका प्रहरी अधिकृत अनुसन्धानमा सक्रिय थिए’, सुवेदीले भने।

खोचलेकबाट चार प्रकारका टोली गाउँ–गाउँ खटिए। पहिलो टोली क्षेत्रीय अनुसन्धान टोली ९आरआईटी० पनि खटियो। डीआईजीले गठन गरेको टिम हो यो। प्रदेशभरिको अपराधमा यो टिमले काम गर्छ। चोरी तस्कर र प्रदेशभरिका जुनसुकै अपराध अनुसन्धानमा पनि यही टोली खटिन्छ। यस टोलीका सबै जना खोचलेक केन्द्रित भएर अनुसन्धानमा खटिए।

अर्को टोली ब्युरोका डीएसपी पञ्चकुमार बाँकु नेतृत्वको थियो। यो टोलीले गाउँ–गाउँबाट आएको सूचना र प्रविधिको विश्लेषण गर्दै आएको थियो। शंकाको घेरामा रहेका व्यक्तिको टेलिफोन कल डिटेल हेर्ने, शंकास्पद व्यक्तिको घटनास्थल आसपासको लोकेसन हेर्ने, फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालको विश्लेषणमा पनि ब्युरोको टोली थियो।

तेस्रो टोली जिल्ला प्रहरी कार्यालय बैतडीको थियो। उसले गाउँमा यसअघि जघन्य अपराध गरेका व्यक्तिको तथ्यांक निकालेको थियो। गाउँमा यसअघि संदिग्ध गतिविधि गर्नेहरूको तथ्यांक तयार पार्ने थियो। उसले मादक पदार्थ सेवन गरेर शान्ति–सुरक्षा भंग गरेका, प्रहरी चौकीमा अपराधजन्य कार्यमा संलग्न भएकाहरूको तथ्यांक पनि यस टोलीको जिम्मामा थियो।

चौथो टिम डीआईजी सुवेदी र एसएसपी पाण्डेको थियो। यो टिमले बाहिरबाट आएका सूचना हेर्ने, भेरिफाई, विश्लेषण गर्ने र अर्को दिनको योजना तयार पाथ्र्यो। ‘भागरथी घटनामा हामीले शव फेला परेदेखि रुटिनमा काम गर्‍यौं। टिमहरू मोबलाइजेसन गर्‍यौं। अनि मात्रै निष्कर्षमा पुग्यौं’, सुवेदीले भने।

यसरी सफल भयो अनुसन्धान

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि प्रहरीले धेरै आलोचना खेप्दै आएको थियो। एकाएक भागरथी भट्टको घटना सार्वजनिक भयो। यस घटनाको पनि दोषी पत्ता लगाउन नसके प्रहरीप्रति सर्वसाधारणको दृष्टिकोण के होला भन्ने चिन्ताले धेरै पिरोल्यो। मैले आफूलाई घटनाको केन्द्रमा राखेर अनुसन्धान गर्ने जमर्को गरें, जुन पीडा भागरथीकी आमालाई थियो।
जब भागरथीको शव फेला पर्‍यो तब मैले आदेश र निर्देशनका भरमा मात्रै रिजल्ट पाउँदिनँ भन्ने लाग्यो।

फिल्डमा आफैं खटिएर प्रमाण संकलन नगरे यो घटना अर्को निर्मला प्रकरण बन्ने निश्चित छ भन्ने लाग्यो। बैतडीको लवलेक जंगलमा माघ २२ गते भागरथीको शव फेला पर्‍यो। म २४ गते घटनास्थलतर्फ लागें। कसरी हुन्छ हत्यारा पत्ता लगाउनुपर्छ भन्ने चिन्ताले सताउन थाल्यो। पहिले त शवको परीक्षण भयो। त्यसपछि नजिक फेला परेका अन्य प्रामाणिक वस्तु सुरक्षित गर्ने दायित्व पूरा गरियो। प्रदेशका एसएसपी एवं मेरा सहकर्मी जनकराज पाण्डेको नेतृत्वमा विशेषज्ञ टोली खटाएँ। प्रदेशमै कार्यरत इन्टेलिजेन्स टोली, केन्द्रीय अनुसन्धान ब्युरो र जिल्लाका अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान सुरु गरे। उनीहरू शंकास्पदको निगरानीमा खटिए।

सबै टोली खटिँदा पनि घटना यही व्यक्तिले गराएको भन्ने सुराक मिलेन। एकातिर प्रदर्शन सुरु भइसकेको थियो, अर्कोतिर काठमाडौंमा व्यापक खबरदारी र प्रदर्शन देखियो। मेरो टिमलाई अनुसन्धान प्रभावित हुने त होइन भनेर चिन्ता हुनु स्वाभाविक थियो। तर, मैले अनुसन्धानमा खटिएका सबै टोलीलाई कुनै हालतमा ‘डिमोरलाइज’ हुने होइन भनें। जे आउँछ तुरुन्तै रिपोर्ट गर्न र अनुसन्धानमा भेटिएका तथ्यलाई जोड्न सम्झाएँ।

गृह मन्त्रालयदेखि प्रहरी महानिरीक्षकसम्मले घटनाको अनुसन्धानबारे सोधपुछ गरिरहनुहुन्थ्यो। त्यसले पनि अनुसन्धान गर्न थप ऊर्जा दिन्थ्यो।
हामीले अनुसन्धानलाई कसरी साँघुरो पार्ने भनेर कमान्ड सेन्टर बनायौं। प्राविधिक पक्ष, सूचना संकलन, आएका सूचनाको विश्लेषण गर्न छुट्टाछुट्टै टोली बनायौं। साधारण सूचनालाई पनि मुख्य सूचनासँग जोड्ने काम गर्‍यौं। शंकाको घेरामा रहेकाहरूलाई नथुनी सोधपुछ गर्‍यौं। यसले पनि अनुसन्धानमा सहयोग पुग्यो। अनुसन्धान टुंगोमा पुग्नुमा आन्दोलनरत पक्ष, गाउँपालिका, स्थानीय भद्रभलादमी, पूर्वप्रहरी र बैतडीकै बहालवाला प्रहरीले सहयोग गर्नुभयो। मैले उहाँहरूलाई भीडले अनुसन्धान हुँदैन भनेर सम्झाएँ। तपाईंहरू शान्त बस्नु नै अनुसन्धानले छिटो गति लिनु हो भनेर सुझाएँ।

हामीले विभिन्न शंकाले हेर्‍यौं। कतै सँगै पढ्ने साथीबाटै त यो घटना भएन भन्ने लाग्यो। अनुसन्धान त्यतातिर मोड्यौं। भागरथी कति बजे स्कुलबाट बाहिरिइन् रु उनीसँग कोको थिए रु यस्ता सूचना बटुल्दै जाँदा दिनेश भट्ट ९आरोपी०को व्यवहार शंकास्पद देखियो। भागरथीको पछि–पछि दिनेश नै लागेको केही विद्यार्थीबाट थाहा भयो। यो रहस्य भागरथीको शव फेला परेको तेस्रो दिनदेखि खुल्यो।

दिनेशलाई सोधपुछ गर्दा करिब ३५ मिनेट उनी कहाँ गए भन्ने विषय रहस्यमय बन्यो। उनलाई लवलेक जंगलकै आसपास देख्ने व्यक्तिसँग प्रहरीले सनाखत ९पुष्टि० गरेपछि हाम्रो अनुसन्धान दिनेशसँग नै बढी केन्द्रित भयो। भागरथी माघ २१ गते करिब २ बजे खोचलेक बजारमा देखिएकी थिइन्। दिनेश पौने १ बजे पढाइ पूरा नगरी निस्किसकेका थिए। बीचमा देख्नेले पनि भागरथीको पछिपछि लागेर दिनेश हिँडेको बताएका थिए।

हामीले अनुसन्धानमा दुई सयभन्दा बढीलाई सोधपुछ गर्‍यौं। २२ जनालाई त शंकाकै घेरामा राखेर केरकार गर्‍यौं। तर, दिनेशको व्यवहार, बयान र अन्य प्रामाणिक वस्तुले उनी मुख्य आरोपी हुन् भन्नेमा कुनै दुविधा रहेन।

अनुसन्धानका विभिन्न विधि हुन्छन्। जुन दिन म आफैं कुकुर लिएर घटनास्थल पुगें, त्यही दिन दिनेश घटनास्थलमा पुगेनन्। हामीलाई शंका त्यहीँ लाग्यो। घरमा पनि दिनेशले डराएजस्तो व्यवहार गर्ने र छट्पटाउने गरेको पाइयो। फागुन ३ गते दिनेशलाई सम्झाइबुझाइ केरकार गर्दा बल्ल घटना स्विकारे। उनले पुरानो रिसइबीका कारण हत्या गरेको बताए। अन्य प्रमाणले पनि दिनेश नै आरोपी हो भन्ने संकेत गरेपछि हामी निक्र्योलमा पुग्यौं। यो घटनामा दिनेश नै संलग्न हो भन्ने पुष्टि भयो।

पोस्टमार्टम रिपोर्टले भागरथीको घाँटी थिचेर हत्या भएको र यौनसम्पर्कसमेत भएको देखाएको थियो। हामीले प्रहरीकै विधिविज्ञान प्रयोगशालामा शव, कपडा र शरीरका विभिन्न भागमा लागेका चोटको नमुना पठाएका छौं। त्यसको रिपोर्ट आएपछि थप प्रमाण बलियो हुन्छ।

भागरथीको बलात्कारपछि हत्याका आरोपी पत्ता लाग्नुमा मलाई मात्रै जस जाँदैन। अनवरत रूपमा १३ दिनसम्म खटिएर प्रमाण संकलनमा लागेका सबैलाई उत्तिकै जस जान्छ। समग्रमा नेपाल प्रहरीलाई नै जस जान्छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker