बिमालेख धितो राखेर बैंकबाट ऋण लिन नपाइने

बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरित हो । यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

बिमालेख धितो राखेर कर्जा दिने प्रवृत्ति रोक्न आवश्यक सहयोग तथा समन्वय गर्न गत मंगलबार राष्ट्र बैंकलाई पत्र लेखिएको छ । बिमालेखको धितोमा कर्जा लिनु बिमा ऐन विपरित हो ।कान्तिपुर दैनिकमा समाचार छ ।

बिमितले बिमालेख धितोमा सम्बन्धित बिमा कम्पनीबाट सेन्डर भ्यालुको ९० प्रतिशतसम्म कर्जा लिन पाइन्छ । जुन कम्पनीबाट बिमा गरिएको हो, सोही कम्पनीबाट कर्जा लिन पाइन्छ ।, तर बिमालेख धितोमा राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्न ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker