अभिनेत्री करिनाले जन्म दिइन छोरा

काठमाडौँ, ८ फागुन । भारतीय लोकप्रिय नायिका करिना कपुरले दोस्रो सन्तानका रुपमा पनि छोरालाई नै जन्म दिएकी छिन् ।

ठूला छोरा तैमुर ४ वर्षको पुग्दा करिना र सैफअली खानले दोस्रो सन्तानका रुपमा पनि छोरालाई नै स्वागत गरेका छन् ।

करिना र सैफले दोस्रो सन्तानको रुपमा छोरालाई स्वागत गरे लगत्तै सैफ र करिनाको परिवारमा खुशीयाली छाएको छ ।

करिनाका गर्भवती अवस्थाका तस्विरहरु उनले बेला बेलामा सेयर गर्थिन् भने पछिल्ला दिनमा भने करिनाले भिडियो नै सेयर गर्न थालेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker