रत्ननगरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

जागृती युवा क्लबको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
नेपालीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागिएको हो। रत्ननगर नगरपालिका वडा नम्बर १४ मा रहेको जागृती युवा क्लबको आयोजनामा रत्ननगर १६ को वडा कार्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक कल्याण अर्यालले बताएका छन।
प्रतियोगितामा जिल्ला स्तरीय खुल्ला पुरुष एकल,जिल्ला स्तरीय खुल्ला ए लेभल पुरुष डबल, जिल्ला स्तरीय खुल्ला बि लेभल पुरुष डबल र पैंतालीस बर्ष माथिका जिल्ला स्तरीय पुरुष डबलका खेलहरु फाल्गुन २५ देखि २७ गते सम्म हुने संयोजक अर्यालले बताएका छन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker