सामाजिक अभियन्ता सागर लामिछानेले गरे विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

चितवन । चितवनका सामाजिक अभियन्ता सागर लामिछानेले आफ्नी छोरी सायाको जन्मदिनको अबसरमा गरिव तथा विपन्न समुदायका विद्यार्थीलाई स्टेशनरी सहयोग गरेका छन् । लामिछानेले कालिका नगरपालिका वडा नं २ पदमपुरमा रहेको आधारभूत विद्यालय सहपुरमा अध्ययन गर्ने ६० जना गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरेका हुन ।

विद्यालयमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता लामिछाने,उनकी धर्मपत्नी सविता लम्साल लामिछाने र बुवा जगत बहादुर लामिछानेले सयुक्त रुपमा विद्यार्थीलाई हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा लामिछानेले छोरोको जन्मदिनकै अबसरमा भरतपुरमा रहेको साहाराको घरमा आश्रित बालिकाहरुको लागि पनि स्टेशनरी सहयोग गरेका छन् । सो अबसरमा बोल्दै सामाजिक अभियन्ता लामिछानेले सो विद्यालयलाई नमुना बनाउने गरी आफुले काम गर्ने बताए ।

उनले विद्यालयमा स्कुलबस,डिजिटल बोर्ड,खेलमैदान,बृक्षारोपण,सरस्वतीको मन्दिर,छात्राबृत्ती कोषमा सहयोग सहित विद्यार्थीहरुका लागि मनोरञ्जन तथा क्षमता विकास कक्ष बनाउने बताए । उनले स्थानीय सरकार,सहयोगी दाता सहित आफुले पनि लगानी गरेर विद्यालयलाई नेपालकै नमुना विद्यालय बनाउने उद्घोष गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जनार्दन पौडेलले विद्यालयको शैक्षिक अबस्थाको विषयमा जानकारी गराएका थिए ।

वडाध्यक्ष सोमबहादुर गुरुङ प्रमुख अतिथि रहेको सो कार्यक्रममा,सहायक प्रधानाध्यापक नेत्र प्रसाद शर्मा, समाजसेवी विष्णुप्रसाद अधिकारी,सहाराको घरकी सञ्चालिका कुसुम अधिकारी,कलाकार पवन न्यौपाने,विद्यालयका सल्लाहाकार समितिका संयोजक लेखनाथ पौडेल लगायतले मन्तव्य राखेका थिए । विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद घितालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय परिसरमा केक काटेर सायाको जन्मदिन मनाइएको थियो । विद्यालयका शिक्षक हेमराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker