आन्तरिक पर्यटन प्रर्वद्धन गर्न लक्की मिडिया हाउसले गर्‍यो तीन दिने भ्रमण कार्यक्रम

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा तीन दिने धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सम्पन्न भएको छ । कोरोना कहर मत्थर भईरहेको बेला पर्यटकीय गन्तव्य खुल्ला छ भन्ने सन्देश दिन उक्त भ्रमणको आयोजना गरिएको हो ।

भ्रमण टोलीमा महाप्रबन्धक हरि कार्की “लक्की” , निेर्देशक तथा युवा व्यवसायी सुजन ओझा , कार्यक्रम संयोजक तथा पश्चिम चितवन शाखा प्रमूख राजेश शर्मा आचार्य , प्रोडक्सन इन्चार्ज दिनेश श्रेष्ठ “पासा”, स्तम्भ संयोजक प्रमुख जय पाठक “जेपी” रहेका थिए ।

लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की “लक्की”ले आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले नेपालको विभिन्न ठाउंँ भ्रमण गरिएको बताए । उनका अनुसार टोलीले लमजुङ जिल्लाको घलेगाउंँ, भुजुङमा , बेशीशहर, धारापानी लगायतका पर्यटकीय गन्तव्यको अवलोकन तथा भ्रमण गरिएको थियो । यस्तै टोलीले तनहुँ जिल्ला हुँदै पर्यकीय नगरी पोखराका विभिन्न स्थान समेत भ्रमण गरेको थियो । टोलीले पोखराको फेवाताल, सराङ्कोट, डेभिज फल्स (पाताले छाँगो ) ,गुप्तेश्वर महादेव गुफा, बाराही मन्दिर ,वेगनास ताल लगायतका ठाउंँहरु भ्रमण गरिएको महाप्रबन्धक कार्कीले जानकारी दिए । भ्रमण पछि प्रतिक्रिया दिदै मिडिया हाउसका निर्देशक सुजन ओझाले भ्रमण उपलब्धी मुलक र फलदायी भएको बताए । आगामी दिनमा मिडिया हाउसले यस्तै पर्यटन प्रर्वद्धनका काम गर्दै जाने समेत बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker