श्रीकृष्ण प्रणामी यूवा परिषदमा नया नेतृत्व चयन : पुजारी बराल सम्मानित

रामु आचार्य, २२ फागुन रत्ननगर : श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, प्रा.स. टिकौलिको बार्षिक साधारण सभा तथा अधिबेसनले नि-बर्तमान कार्यसमितिलाई बिदाई गरि, नि. बर्तमान सचिव केशब राज बरालको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ ।

नया समितिमा राधिका लम्साल र शरण अधिकारी उपाध्यक्ष, सुर्यमणि ढकाल सचिव, दिलिप महत कोषाध्यक्ष, पुष्प अधिकारी सह-सचिव त्यस्तै सदस्यहरुमा पदम खनाल, लोक चन्द्र बराल,विनायक ढकाल, ऋषि आचार्य,प्रबिण ढकाल,सफल अधिकरी र रबि अधिकारीलाई चयन गरिएको बर्तमान समितिका कोषाध्यक्ष दिलिप महतले जानकारी दिए ।

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीमा अहोरात्र खटेर सेवा पुर्याउने पुजारी श्रीकान्त बराललाई सोहि अवसरमा खादा तथा प्रशंसा पत्रले सम्मान गरिएको छ ।
श्रीकृष्ण प्रणामी यूवा परिषद नेपालका केन्द्रिय उपाध्यक्ष जगदीशचन्द्र शर्माको प्रमुख आतिथ्यता, त्यस्तै नि-बर्तमान अध्यक्ष बालकृष्ण अमगाईंको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker