अत्याधुनिक प्रविधि सहित पुनः सञ्चालनमा आयो चितवन कोल्ड स्टोरेज

चितवन। चितवनको भरतपुर–९ आस्थाचोकमा रहेको शीत भण्डार अत्याधुनिक प्रविधि सहित पुनः सञ्चालनमा ल्याईएको छ । २०६३सालदेखि बन्द रहेको शीतभण्डार फागुन १० गतेदेखि सञ्चालनमा आएको हो ।

चितवनका ५ जना यूवाहरु मिलेर सञ्चालन ल्याएको शीत भण्डारमा २ हजार टन कृषि उपजका सामाग्री भण्डारण गर्न सक्ने क्षमता रहेको छ । स्थानीय कृषि उपज तथा अन्य जिल्लाका उत्पादनहरुलाई लक्षित गरी शीतभण्डार सञ्चालनमा ल्याईएको स्टोरेजका सञ्चालक राजकुमार श्रेष्ठले जानकारी दिए । “स्थानीयस्तरमा उत्पादित कृषि उपजको बजारमा माग भएका बेला बिक्री गर्न सकिने भएकाले कृषक उपजले उचित मूल्य प्राप्त गर्ने लक्ष्यसहित शीत भण्डार बनाएका हौं ।” सञ्चालक श्रेष्ठले भने। उनका अनुसार अहिले आलु, प्याज, गाँजर, सुन्तला, कागती, स्याऊ लगायतका कृषिजन्य वस्तुको भण्डार गर्न थालिएको छ । २०४६सालमा स्थापना भएको शीतभण्डारलाई १५ करोड रुपैयाँ खर्चिएर पुनः सञ्चालनमा ल्याईएको श्रेष्ठले बताए ।

शीतभण्डारलाई अत्याधुनिक प्रविधि अनुसार कुलिङको व्यवस्था गरिएको छ ।उत्पादनमा बृद्धि भएका बेला कृषकले कृषिउपज भण्डारण गर्दा उपजको खेर नगई उचित मुल्य समेत पाउने श्रेष्ठको भनाई छ ।चितवन कोल्ड स्टोरेज नाम दिएर सञ्चालनमा ल्याईको शीत भण्डारमा केही समयपछि माछा, मासुको पनि भण्डारण गर्न लागिएको छ । जसअनुसार शीत भण्डार मल्टी च्याम्बर प्रविधिबाट निर्माण गरिएको छ ।

चितवनमा ३ वटा शीत भण्डार सञ्चालनमा छन् । तर, चितवनको पुरानो र ठुलो शीत भण्डार चितवन कोल्ड स्टोरेज रहेको श्रेष्ठको भनाई छ । जिल्लामा १०देखि १२ हजार टन क्षमताको शीतभण्डारको माग र आवश्यकता रहेको उनले बताए । शीत भण्डार पुर्णरुपमा सञ्चालनमा आएपछि उत्पादन खेर नजाने र उपभोक्ताले पनि सहुलियत मुल्यमा खरीद गर्न सक्नेछन । अहिले जिल्लामा गोरखा, तनहुँ, लम्जुङबाट समेत किसानहरुले भण्डारणका लागि कृषि उपज ल्याउने गरेको उनले बताए कृषकहरूले विशेषगरी आलु, सुन्तला र प्याजको भण्डारण, ढुवानी र लोड अनलोडमा धेरै रकम खर्च गर्न नपरोस भन्ने हेतुले शीत भण्डार सञ्चालनमा ल्याईएको हो । यसका साथै कृषकले आफ्ना उत्पादन थोरै रकम खर्च गरी अधिकतम लाभ लिन सक्ने श्रेष्ठको तर्क छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker