स्वर्गीय पूर्व प्रधानपञ्च पन्तको स्मृतिमा ‘सुर्य स्मारिका ग्रन्थ’ को विमोचन

चितवन। भरतपुरका संस्थापक पूर्व प्रधानपन्च स्वर्गीय सूर्यप्रसाद पन्तको स्मृतिमा बुधबार पुस्तक बिमोचन गरिएको छ । स्वर्गीय पन्तको ५१औ पुण्यतीथिमा भरतपुरमा सुर्य स्मारिका ग्रन्थको बिमोचन गरिएको हो । विमोचन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभा पार्वती रावल र बिशिस्ठ अतिथी बाग्मती प्रदेश सभाका सदस्य कृष्ण भुर्तेल रहनु भएको थियो ।

कार्यक्रममा रावलले स्वर्गीय पन्तको योगदानको चर्चा गर्दै पन्तले समाजमा पुर्याएको योगदानबाट पछिल्लो पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो । अग्रजहरुको कामको मुल्यांकन गर्नुपर्ने बताउदै रावलले भरतपुरको विकासमा गरेको उहांँको उल्लेखनीय भुमिका सधैंभर सम्झनालायक रहेको बताउनुभयो । विकासका संवाहक पन्तले अहिलेको भरतपुर क्षेत्रलाई यहाँ सम्म ल्याईपुर्याउन गर्नुभएको योगदान कसैले पनि बिसर्ने नहुने रावलको भनाई थियो ।

विशिष्ट अतिथी कृष्ण भुर्तेलले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर भरतपुर नगरको विकासमा उहांँको योगदान अनुकरणीय रहेको बताउनुभयो । भरतपुरको विकासको लागि सधै चिन्ता व्यक्त गर्ने पन्त मुल्यांकन गर्दै अवका विकास प्रेमीले पाठ सिक्नुपर्ने भुर्तेलको भनाई थियो । कार्यक्रममा विमोचित ग्रन्थ सुर्य स्मारिका ग्रन्थका सम्पादक ऋषिकेश घिमिरेले स्वर्गीय पन्तको विगत र वर्तमानको विषयमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ अध्यक्ष दामोदर न्योपानेले स्वर्गीय पन्तले देखाएको विकासवादी बाटो सबैको प्रेरणाको श्रोत रहिरहने बताउनु भयो । कार्यक्रममा स्वर्गीय पन्तका नाती रेगन पन्त , परिवार लगायत आफन्तले उहाँको संस्मरण गर्नु भएको थियो । कार्यक्रममा स्वर्गीय पन्तका छोराहरु भवानी पन्त , राजु पन्त लगायत पन्त परिवार र आफन्तजन लगायत विभिन्न सामाजिक अगुवाहरुको सहभागीता रहेको थियो । कार्यक्रम स्वर्गीय सुर्य प्रसादकी धर्मपत्नी मिनकुमारी पन्तको सभापतित्वमा सम्पन्न भएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker