
खैरहनी उधोग बाणिज्य संघले ब्यवसायी हरुको समस्या र धारणा बुझ्ने भएको छ।
खैरहनी नगर क्षेत्र भित्र ब्यवसाय संचालन गर्दै आएका व्यापारीहरुलाई व्यवसाय प्रवर्द्धनमा परेका समस्या, कर तथा राजस्वको विषयमा संघले खेल्नुपर्ने भुमिका र बजार ब्यवस्थापनमा उधोग वाणिज्य संघले के कस्ता कार्य गर्न सक्दछ भनी सम्पुर्ण ब्यवसायीहरुको साझा धारणा बनाएर समाधान गर्न संघ लागेको छ, एक साता भित्र संघले उपलब्ध गराएको फर्ममा आफ्नो राय कार्यलयमा पेस गर्न संघले आग्रह गरेको कार्यक्रम संयोजक एवम खैरहनी उधोग वाााणिज्य संघका प्रथम उपाध्यक्ष कुमार खनालले बताएका छन।
खैरहनी उधोग वाणिज्य संघले नया नेतृत्व पाए सगै ब्यवसायीको हक हित र लगानी सुरक्षाको लागि अगाडि बढ्ने र ब्यवसायी लक्षित कार्यक्रम ल्याउने संघका खनालले जानकारी दिएका छन।