सब – इन्जिनियर खनालले गरे बैत्यश्वरका बिधालयमा शैक्षिक सामाग्री सहयोग

सुजन काफ्ले
चैत , २
दोलखा । सब इन्जिनियर पवन खनालले दोलखाको बैत्यश्वर गाउँपालिकाका ३ वटा बिधालयमा शैक्षिक सामाग्री सहयोग गरेका छन।
राष्ट्रिय पून:निर्माण प्राधिकरणमा कार्यरत खनालले बैत्यश्वरका बिधालयमा कापी, कलम, डिस्नेरी, फुटबल लगायतका शैक्षिक सामाग्री सहयोग गरका हुन।

बैत्यश्वर गाउँपालिकाका जलदेबी माध्यामिक बिधालय, धर्मशाला आधारभूत बिधालय र नेत्रज्योति आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरेको खनालले बताए ।
आफ्नो दोलखा बसाईको सम्झना स्वरुप आफुले पाउने तलब भत्ताको केहि रकमबाट बिधालयमा शैक्षिक सहयोग गरेको उनको भनाइ छ।
हाल वडा अध्यक्ष रहेका बुबा पहिले देखि समाजसेवी रहेको र बुबा कै प्रेरणाका कारण आफ्नो पनि समाज सेवा रुचि बढेको उनले बताए । अरु विभिन्न बिधालय समेत सहयोग गर्ने योजना रहेको उनले बताए ।

दुल्लु नगरपालिका-३ दैलेख घर भएका खनाल पुन निर्माण प्राधिकरण दोलखाका सब- इन्जिनियर हुन।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker