अन्तिम भुक्तानी लिन धमाधम टालटुल गरिदै हावा च्यामा सडक

सुजन काफ्ले
दोलखा । पटक पटक म्याद थपपछी बल्ल कालोपत्रे गरिएको दोलखाको तामाकोसी गाउँपालिकाको भिरकोट हावा च्यामा सडक १ बर्ष नबित्दै भत्किन थालेको हो । राष्ट्रिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाइ अनुदान ब्यस्थापन तथा स्थानिय पुर्बाधार मार्फत एडिबिको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको सो सडक १ बर्षमा नै भत्किएको हो।
सड्क भत्केर अस्तब्यस्त हुदा पनि १ बर्ष चुपचाप बसेका ठेकदारहरु यतिबेला धमाधम सडक टालटुल गर्न थालेका छ। गुणस्तरीय सडक निर्माण नगरेर चर्को आलोचना बनेका सो सडकका २ वटा निर्माण कम्पनीहरु यति बेला भने सडकको निर्माण कार्य सुरु गरेका छन । अन्तिम भुक्तानी लिनका लागि यति बेला नाम मात्रको कालोपत्रे सडक बनाएर चरम लापरबाही गरेका उनिहरुले यति बेला आफ्नो बाकी रकम लिन सडकमा टालटुल गर्न थालेका हुन

सडकको कालोपत्रे उप्किएको मात्र छैन पहिरोले सडकका नालाहरु समेत पुरिएका छन भने कतिपय खोलाहरुमा कजवे समेत अहिले सम्म निर्माण नगरिएको स्थानियहरु बताइउछन।
धेरै लापरबाही भएकाले पिच भनेको छ तर पिच गरेको जस्तो नभएको स्थानियहरु बताउछ्न। धेरै समय टिक्नु पर्ने सडकको पिच अव्यवस्थित तरिकाले क्वालिटी र गुणस्तर कम गरेर सडक निर्माण गर्दा सडक बिग्रेको स्थानीयको भनाइ छ।
अलि अलि भत्केको र बाकी ठेकदारले लापरबाही गरेर कजवे बनाउने बेला सबै बनाउछु भनेर नबनाइ अलपत्र छोडेको थियो।
सबै सडक हेर्दा हातले नै उक्किने खालको पिच भएको र नाम मात्रको पिच भएको स्थानीयहरु भनाइ रहेको छ।

त्रुटि सच्याउने १ बर्षको अबधी सकिन लाग्दा समेत सडक उस्तै छ। दोस्रो प्याकेज हावा च्यामा खण्डमा केही काम भए पनि पहिलो प्याकेजको जिरो किलो देखी जफे, मालुको सडक अस्तब्यस्त छ। निर्माण कम्पनीले खाल्डाखुल्डी टाल्न र नाला बनाउन थालेको जस्तो मात्र गरेको देखिन्छ। सडकको भित्तामा बनाइएका नालाहरु भत्किएका छन। पहिरोले पुरेर भत्किएका नालाहरुमा त्यहिको माटोमा नै प्लास्टएर गरिएको छ। कालोपत्रे भत्किएर भएका कतिपय खाल्डाखुल्डीमा माटो र गिट्टी हालेर पुरिएको छ। गुणस्तरीय सडक निर्माण भन्दा पनि ठेकदारले अन्तिम भुक्तानी लिन सडक टालटुल मात्र गरिरहेको छ।

दुई प्याकेजमा निर्माण थालिएको सो
सडकको पहिलो खण्ड भिरकोट हुदै जफे,मालु र  सहरे जोड्ने  करिब १५ किलोमिटर सडक निर्माणको  काम निर्माण कम्पनी तामाङ -कुमार जेभिले ठेक्का पाएको थियो भने दोसो खण्ड सहरे देखि हाँवा सम्मको करिब ११ किलोमीटर सडक निर्माणको जिम्मा  बिरुवा – मस्दिङ देबि- वल्ड वाइड जेभिले पाएको थियो।
समयमा नै काम न सक्दा पहिलो प्याकेजको जिम्मा पाएको तामाङ कुमार जेभीले हर्जना मात्र १ करोड २६ लाख तिरिसकेको छ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker