घिमिरे परिवारले खुवायो बृद्धबृद्धालाई खाना

चितवन ७ चैत । स्व. योगराज घिमिरेको नवौ स्मृतीको अबसरमा शनिबार रत्ननगर १३ मा रहेको असाहय बृद्ध कल्याण समाज केन्द्रमा आश्रीत बृद्धबृद्धालाई खाना खुवाईएको छ । लायन्स क्लब अफ समृद्धिको सहजीकरणमा स्व घिमिरेको स्मृतीमा एक छाक खाना खुुवाउनुका साथै फलफुल बितरण गरिएको हो । नवौ स्मृतीको अबसरमा गरीएको कार्यक्रममा स्व घिमिरेका भतिज तथा नेपाली कांग्रेस रत्ननगरका नगर सभापती रुपनराज घिमिरेले स्व. योगराज घिमिरेको बारेमा चर्चा गरेका थिए ।


लायन्स क्लब अफ समृद्धिका अध्यक्ष सम्झना घिमिरेको अध्यक्षतामा समपन्न कार्यक्रममा परिवारका तर्फबाट उमेश घिमिरे, प्रेमाकुमारी घिमिरे, शान्ती शर्मा र शुभान्जन घिमिरे लगाएको उपस्थिती रहेको थियो । त्यस्तै सोहि कार्यक्रममै लायन्स क्लबका जोन चियर पर्सन गंगा सुबेदी, लायन्स क्लब अफ समृद्धिका कोषध्यक्ष प्रमिला पोखरेल, क्लब सदस्य चन्दा श्रेष्ठ लगाएतको उपस्थित रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker