चितवनका पत्रकारको साझा उम्मेदवार नारायण प्रसाद अधिकारी

विप्लव काफ्ले

भरतपुर, ८ फागुन

नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि साझा उम्मेदवार घोषणा गरेको छ । आज (आइतबार) बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायण प्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।

अधिकारी महासंघ चितवन शाखाको वर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ । महासंघ चितवनकका वर्तमान अध्यक्षसंगै अग्रमोर्चामा रहेर पत्रकारको दुर्घटना विमा, अक्षयकोष निर्माण, क्षमता विकास तालिम लगायतका काम गरेर चितवनका पत्रकारको मन जितिसक्नुभएको छ ।

दुई दशकदेखि राष्ट्रिय समाचार समिति चितवन प्रमुख रहनुभएका अधिकारी चितवनको पत्रकारीतामा लोकप्रिय व्यक्तिका रुपमा चिनिनुहुन्छ । भरतपुर- ११ निवासी अधिकारीले केही सन्चार माध्यममा सफल व्यवस्थापकीय जिम्मेवारि पूरा गरिसक्नुभएको छ । हाम्रो एफएमको स्टेसन म्यानेजर, कायाकैरन दैनिकको संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो ।

युनियन चितवनका अध्यक्ष अनिल ढकालले सक्षम नेतृत्वका रुपमा अधिकारीलाई साझा उम्मेद्वार घोषणा गरिएको बताउनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य सृजना अर्यालले पत्रकार हकहितमा दुई दशक बढी सक्रिय अधिकारीले चितवनका सबै पत्रकारलाइ एक्यवद्ध बनाउन सक्ने बताउनुभयो ।युनियनका केन्द्रीय सदस्य बसन्त पराजुलीले चितवनको महासंघको नया नेतृत्वमा नारायण अधिकारीलाई जिताउन आव्हान गर्नुभयो । चितवनका अग्रज पत्रकार गणशेखर शर्माले नेतृत्वमा निखारिएका अधिकारीको जित सुनिश्चित रहेको बताउनुभयो ।

महासंघ चितवनका संस्थापक सदस्य तथा उपसभापति रमेशकान्त पौडेलले सबैलाइ मिलाएर लैजाने क्षमता भएका अधिकारीलाई साझा उम्मेदवार बनाइएकोमा खुशी व्यक्त गर्नुभयो । युनियन चितवनका सल्लाहकार पूर्णप्रसाद शर्मा, फोनिज चितवनका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ, वरिष्ठ पत्रकार इश्वर जोशी, युनियनका पूर्व केन्द्रीय सदस्य शारदा पौडेलले नारायण अधिकारीलाई जिताउन चितवनका पत्रकार एकजुट हुन आव्हान गर्नुभयो । अधिकारी अध्यक्ष भएका बेला प्रेस युनियन चितवनले पत्रकारहरुका संघसंगठनकै पहिलो भवन बनाउने भूमिका निर्वाह गर्नुभएको थियो । समाजसेवी मैयादेवी श्रेष्ठले उपलब्ध गराउनुभएको वसेनीको जग्गामा करिव ६० लाख सहयोग जुटाएर प्रेस युनियन चितवनको भवन बनाउने कामको अगुवाइ गर्नुभएको थियो ।

प्रेस युनियन चितवनले जिल्लाका अन्य पत्रकार संगठनलाई नारायण अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति बनाउने गरि सहकार्य गर्न समेत आव्हान गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker