
सौराहाको रहेको रेवान महिला समुहको अध्यक्षमा लक्ष्मी विडारी चयन भएकी छन् । बुधवार सम्पन्न चौथो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले विडारीको अध्यक्षमा नयाँ समिति सर्बसम्मत चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा देवकला भट्टराई,द्धितीय उपाध्यक्षमा शुशिला चौधरी,महासचिवमा देवकी नेपाल,सचिव अम्विका कँडेल भट्ट,कोषाध्यक्षमा अस्मिता गिरी,सह-कोषाध्यक्षमा मन्जु चौधरी र सदस्यहरुमा सरस्वती भट्ट,अम्विका भट्ट,पार्वती रेग्मी,लक्ष्मी तामाङ,गीता गौतम,लक्ष्मी खतिवडा चयन भएका छन् । अधिवेशनले लेखा समिति संयोजकमा सुनिता लामिछाने र सदस्यहरुमा दिना महतो र इश्वरी चौधरी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले महिलाहरु आबद्ध भएको ब्यवसायले नया गति लिने र सफल हुने भएकाले महिला दिदिबहिनीहरु आगामी दिनमा थप जागरुक भएर अगाडी बढ्न पर्ने र त्यसको लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन । कार्यक्रममा सस्थाकी सचिव देवकी नेपालले बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी विडारीले आर्थिक तथा लेखा प्रतिवेशन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसर पारेर सौराहाको सरसफाईमा योगदान गरेका सौराहा युवा समाजका अध्यक्ष माइला घलेलाई नगद सहित पुरस्कृत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल,रेवानका केन्द्रीय उपाध्यक्ष गोकर्ण गिरी,बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बविता चौधरी,क्षेत्रीय होटल संघ चितवन सौराहाका बरिष्ठ उपाध्यक्ष राममणि खनाल,सौराहा सामुदायिक पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्रकुमार विष्ट,रेवान सौराहाका पूर्व अध्यक्ष सुवासचन्द्र गौतम,बाघमारा मध्यवती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संयोजक देवकला भट्टराईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम समुहकी अध्यक्ष माला दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।