खैरहनी जेसिजद्वारा व्हिल चियर वितरण

पर्सा खैरहनी जेसिसले आर्थिक रुपमा बिपन्न २ जना शारीरिक अशक्तलाई व्हिल चियर वितरण गरेको छ।
मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो भन्ने जेसिजको मुल मन्त्रलाई अवलम्बन गर्दै आईरहेको खैरहनी जेसिज र जुनियर जेसिज बर्ष २०२१ को तर्फबाट रङ्गहरुको पर्व होलि को अवसरमा खैरहनी ४ निवासी २ जनालाई व्हिल चियर वितरण गरिएको कार्यक्रम संयोजक जेसि विवेक न्यौपानेले बताउनुभएको छ।
हल्याण्डका नागरिक रिक्कीले सहयोग गर्नुभएको उक्त कार्यक्रम खैरहनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देव बहादुर बस्नेतको प्रमुख आतिथ्यता र खैरहनी जेसिजका बर्ष २०२१ का अध्यक्ष रमेश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker