
विजेता विधार्थी खेलाडीलाई सम्मान
रत्ननगर । खैरहनी नगर स्तरीय रास्ट्रपति रनिङ्गसिल खेलकुद प्रतियोगितामामा विजेता विधार्थी खेलाडीहरुलाई गवै माध्यामिक विधालयले सम्मान गरेको छ ।
खैरहनी नगर स्तरीय रास्ट्रपति रनिङ्गसिल खेलकुद प्रतियोगितामा १० स्वर्ण र ९ कास्य गरि कुल १९ पदकको साथमा गवै माध्यमिक विधालय प्रथम भएको थियो । सो प्रतियोगितामा गवै माविका आयुस्मा चौधरीले ५ वटा र केशिका सिल्वालले ४वटा स्वर्ण पदक जित्न सफल भएका थिए । मंगलबार एक कार्यक्रका बिच पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको गवै विधालयका प्रधानाध्यपक ऋषि प्रसाद खनालले वताए ।
त्यस्तै आजै धर्मेश्वर आधारभुत विधालय र दिव्यज्योती आधरभुत विधालयका विजेता खेलाडीलाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रमको प्रमुख आतिथिको रुपमा खैरहनी नगरपालिका वडा नम्वर १३ की कार्यवहाक अध्यक्ष टिका दाहाल रहनु भएको उक्त कार्यक्रममा बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर गुरुङ्ग,कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठ र सानाकिसान सहकारी संस्था लिमिटेडका अध्यक्ष तेज प्रसाद बर्तौला बिशिस्ट अतिथिको रुपमा रहनु भएको थियो।
त्यस्तै सो प्रतियोगितामा सहभागी हुने माध्यमिक विधालय गवैका खेलाडीहरुलाई कुमरोज मध्यवर्ती सामुदायीक वन उपभोक्ता समुह, बुढीराप्ती उपभोक्ता समिति, सानाकिसान सहकारी संस्था, १३ नं वडा कार्यालय, रिफ्रेस एक्ज्याट स्टडी सेण्टर लगायतका संघ संस्थाले सहयोग गरेका थिए । शिक्षक कुमार अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम अर्का शिक्षक केदार शिवाकोटीले सन्चालन गर्नुभएको थियो भने विधालय व्यवस्थापन समितिका अध्यक्ष सुधिर कुमार ढकालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।