
चैत्र २४, मंगलबार
काठमाडौं
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नव निर्वाचित अध्यक्ष दिपक खनालले पद तथा गोपनियताको शपथ लिएका छन ।
बैक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम आज राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल समक्ष उनले शपथ लिएका हुन ।
अध्यक्ष खनाल चैत्र २० गते चितवनमा सम्पन्न १९ औं साधारण सभाबाट संचालक पदमा निर्बिरोध निर्वाचित भएका हुन । खनाल लुम्बिनी बिकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दछन ।