लक्की मिडियाले गर्‍यो वरिष्ठ कलाकार मोहन निरौला लगायत टोलीलाई चितवनमा स्वागत

चितवन । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौला लगायत टोलीलाई चितवनमा भब्य स्वागत गरिएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउसद्धारा भरतपुरमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई भब्य स्वागत गरिएको हो ।

उनीहरुलाई लक्की मिडिया हाउस चितवनका निर्देशक तथा युवा उधमी समाजसेवी हेमन्त केसी “हरि” र महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए । स्वागतपछि चलचित्र क्षेत्रका समस्या, चिन्ता र चासोको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले पछिल्लो समय चलचित्र क्षेत्र धरायशायी हुंँदा आम कलाकारहरुलाई समस्या भएको बताए । कलाकार देशका गहना रहेको बताउंँदै उनले कलाकारको प्रतिभा र योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए ।

२ सय ५० भन्दा बढी नाटकमा अभिनय गर्नु भएका निरौलाले सयौं नेपाली फिल्महरुमा कलाकार, लेखक, निर्देशक आदिको रुपमा काम गर्नु भएको छ । पछिल्लो समय उहाँ चलचित्रका अवार्ड समारोहहरु जुरीको रुपमा समेत सक्रिय हुनुहुन्छ ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker