
उधोग वाणिज्य संघ खैरहनी बाग्मती प्रदेशको ग बर्गको जिल्ला नगर उधोग वाणिज्य संघ तर्फ उत्कृष्ट घोषित हुन सफल भएको छ।
यहि चैत्र २८ र २९ गते काठमाडौमा सम्पन्न नेपाल उधोग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उधोग वाणिज्य संघ खैरहनी उत्कृष्ट घोषित भएको हो।
उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी रहनु भएका सम्माननिय प्रधानमन्त्री केपि सर्मा ओलिले उत्कृष्टहरुलाई पुरस्कार प्रदान गर्नुभएको सम्मानित खैरहनी उधोग वाणिज्य संघका प्रथम उपाध्यक्ष कुमार खनालले जानकारी दिनु भएको छ।