
गवै माविमा शुभकामना आदान प्रदान, प्राविधिक शिक्षा सञ्चालन गर्न माग
रत्ननगर । खैरहनी नगरपालिका वडा नम्बर १३ मा रहेको माध्यामिक विधालय गवैले नयाँ वर्ष २०७८को अवसरमा शुभकामना आदान प्रदान तथा विविध विषयमा छलफल कार्यक्रम सम्मान गरेको छ ।
आईतवार विधालय परिसरमा विधालय व्यवस्थापन समिति,विभिन्न संघ संस्थाका प्रतिनिधि, अभिभावक, शिक्षा प्रेमीहरुको उपस्थितमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको विधालयका प्रधानाध्यपक ऋषि प्रसाद खनालले वताए । ।
उक्त अवसरमा आगामि शैक्षिक शत्र देखि विधालयमा प्राविधिक शिक्षा अन्तर्गत कृषि शिक्षा सञ्चालन गर्नु पर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
शुभकामना आदान प्रदान तथा छलफल कार्यक्रमको प्रमुख आतिथिको रुपमा खैरहनी नगरपालिका वडा नम्वर १३ की कार्यवहाक अध्यक्ष टिका दाहाल रहनु भएको उक्त कार्यक्रममा बुढी राप्ती उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर गुरुङ्ग,कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश कुमार श्रेष्ठ र सानाकिसान सहकारी संस्था लिमिटेडका अध्यक्ष तेज प्रसाद बर्तौला बिशिस्ट अतिथिको रुपमा रहनु भएको थियो । भने विधालय व्यवस्थापन समितिका अध्यक्ष सुधिर कुमार ढकालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।