पत्रकार महासंघ चितवनको नयाँँ नेतृत्व आएपछिको पहिलो बैठक सम्पन्न

भरतपुर । नेपाल पत्रकार महासंघ चितवनले श्रमजीवी पत्रकारहरूका हकहितका लागि विशेष काम गर्ने निर्णय गरेको छ । सोमबार सल्लाहकारसहित बसेको कार्यसमितिको बैठकले पदाधिकारीहरूको संयोजकत्वमा काम गर्न उप–समिति गठन गरेको छ । महासंघको भवनको पछाडि खाली रहेको जग्गालाई पूर्णरूपमा उपभोग गर्ने गरी उपाध्यक्ष प्रकाशमणि ज्ञवालीको संयोजकत्वमा भौतिक निर्माण उपसमिति, अर्का उपाध्यक्ष प्रमिता ढकालको संयोजकत्वमा जिल्लाका सबै पालिकाहरूमा मिडियासम्बन्धी कार्यत्रफ्मको लागि आउने बजेटको विषयमा खोजविन गरी तालिम सञ्चालन गर्ने र सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने निर्णय भएको अध्यक्ष नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

साथै यही वैशाख २० गते परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघभित्रका साधारण सदस्यहरूबीच ‘प्रेस स्वतन्त्रता’ विषयमा निबन्ध लेखन प्रतियोगीता आयोजना गरिने उनले बताए । ‘प्रतियोगीतामा सहभागी हुनको लागि वैशाख १५ गतेसम्म पत्रकार महासंघमा उत्तफ् निबन्ध उपलब्ध गराउनुपर्ने छ,’ उनले भने । नयाँ कार्यसमितिले चितवन जिल्लामा पत्रकारहरूका लागि तालिम केन्द्र स्थापना गर्ने विषयमा पनि जग्गा खोज्ने उनले बताए । ‘तालिम केन्द्रको लागि विगत केही वर्षदेखि जग्गा खोज्ने र जग्गा पाएमा केन्द्र स्थापना गर्ने भनेर धेरै नै प्रयास भएका छन्,’ उनले भने, ‘यसलाई अहिलेको कार्यसमितिले पनि जारी राख्नुपर्‍यो । पूर्व अध्यक्षहरूकै पालादेखि देखेको यो सपना पूरा गर्न सकियो भने भावी पुस्ताको लागि पफइदा हुने देखिन्छ ।’ साथै श्रमजीवी पत्रकारहरूका विषयमा हर समय कुरा उठ्ने हुँदा सकभर सबै श्रमजीवीलाई समेट्ने गरी उनीहरुको पक्षमा डटेर काम गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले जानकारी दिए । महासंघमा नयाँ नेतृत्वमा आएपछि सल्लाहकारसहित यो पहिलो बैठक हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker