माओवादी केन्द्रका उम्मेदवारले रोजे नेपाली कांग्रेस, भन्छन कम्युनिष्टले मुलुक र जनतालाई धोका दिए

बैशाख १५, बुधवार
नारायणगढ, चितवन

बिपिन शर्मा आचार्य

 

स्थानिय तहको निर्वाचन २०७४ मा रत्ननगर नगरपालिकाको वडा नं १६ बाट माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने नेकपा माओवादी केन्द्र परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । आज एक कार्यक्रमका बिच नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले लामिछानेलाई आफ्नो पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यता रसिद हस्तान्तरण गरेका छन ।


नव प्रवेशी लामिछानेले कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एक आपसको झगडाले आँफुलाई लज्जित तुल्याएको बताए । कम्युनिष्ट पार्टीको एकता र स्थायित्वको सरकार बनेपछी मुलुक बिकासको बाटोमा तिव्र गतिले अघी बढ्ला भन्ने आम जनताको इच्छामा तुषारापात भएको एवं यो व्यवस्था स्थापना गर्न बलिदानी गरेका शहीदको सपनामा गद्दारी भएको आँफुलाई महशुस भएको बताएका छन । लामो ईतिहास बोकेको र नेपाली जनतालाई आजका मिती सम्म धोका नदिएको नेपाली कांग्रेसलाई आँफुले अंगाल्न पाँउदा निक्कै खुशी लागेको बताए । अब आफु दृढताका साथ मुलुकको समृधीका लागि यही पार्टिले अंगिकार गरेको सिद्धान्त अनुरुप समाहित हुने प्रण पनि गरे ।

नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, सह सचिव सुर्य अर्याल, रत्ननगर नगर सभापति रुपनराज घिमिरे, रत्ननगर १४ का पार्टी सभापति कमलनाथ अधिकारी, रत्ननगर १६ का पार्टी सभापति नेत्रप्रसाद घिमिरे एवं पुर्व महासमिती सदस्य तथा पार्टीका अग्रज जयन्तकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker