चोक चोकमा देखिएको बेरोजगारी अन्त्य गर्छ केरा खेतीले : शिवकान्त न्यौपाने, केरा व्यवसायी

बैशाख १५, बुधवार
रत्ननगर, चितवन
कसैले हजुरलाई वास्तविक स्वतन्त्रता कस्तो अवस्थालाई भन्ने भनेर सोध्यो भने के जवाफ दिनुहुन्छ ? म भन्छु आँफु आफ्नो खुट्टामा उभिनु अथवा आँफै स्वमंले आफ्नो आर्थिक हैसियत बहन गर्न सक्नुलाई म बास्तविक स्वतन्त्रता मान्छु ।
मानिस आफ्नो खुट्टामा उभिन संघर्ष गरिरहन्छ तर सफलता ह्वात्तै हात लागि हाल्ने चिज बस्तु होइन । यस्तै अवस्था बाट र बिभिन्न चरणबाट गुज्रेको छ आजको दिनका सफल केरा व्यवसायी शिवकान्त न्यौपानेको जीवन ।
ईट्टा व्यवसाय, सौराहाचोकको स्कुल सटरमा दुई दशकको भाडा पसल पछी आएर उनी सन्तुष्ट हुने व्यवसाय बनेको छ केरा खेती । उनी अहिले एस के केरा तथा कृषि फर्मका संचालक हुन । रत्ननगर नगरपालिकाको ५ नं वडा झुवानीमा उनले ९ बिघा क्षेत्रफलको जग्गा भाडामा लिएर केरा खेती गरिरहेका छन । प्रती बिघा १८०० केराको बोटको दरले लगाएका उनले वार्षिक ६५ देखी ७० लाखको केरा बिक्री गर्छन् । वार्षिक जग्गा भाडा प्रती कठ्ठाको ४ हजारका दरले तिर्ने गरेका उनले बर्षभरीको श्रम खर्च १० देखी १५ लाख लाग्ने गरेको बताएका छन । सम्पूर्ण खर्च कटाएर वार्षिक आम्दानी २५ देखी ३० लाख सम्म हुने बताएका न्यौपाने आफ्नो यो पेशामा आँफु सन्तुष्ट रहेको बताए ।
 समयमा मल पाउनु पर्ने,राज्यबाट कृषकलाई टेवा पुर्याउने कार्यक्रम ल्याउनुपर्ने, तालिम सिपको व्यवस्था निशुल्क हुनुपर्ने, बजारको सुनुस्चितता हुनुपर्ने, कृषि पेशालाई उच्च सम्मानको बातावरण हुनुपर्ने, वास्तविक किसानलाई अनुदान र प्रोत्साहनको व्यवस्था हुनुपर्ने लगायतका इच्छा उनले कुराकानीका क्रममा ब्यक्त गरे ।
Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker