मन्त्रीहरुले नै सरकारी नियम उलंघन गरेको प्रती नेपाली काङ्ग्रेस दोलखाको आपत्ति

दोलखा । नेपाल सरकार मन्त्रीहरुले नै सरकारी नियम उलंघन गरेको प्रती नेपाली काङ्ग्रेस दोलखाले आपत्ति जनाएको छ।

कोरोना भाईरसको माहमारी विरुद्ध सिंगै मुलुक जुधिरहेका बेला आयोजनाको खर्चमा सरकारका मन्त्रीहरु पार्वत गुरुङ र बसन्त नेम्वाङ हेलिकप्टरबाट माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको निरिक्षणमा आएको प्रती काङ्ग्रेसले आपत्ती जनाएको हो।

नियम बनाउने जिम्मेवार ब्यक्तिहरु नै उद्धघाटन तथा शिलन्यास गर्दै हिडेर गाउँ गाउँ कोरोना महामारी फैलाउएको नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचिब सुर्य प्रशाद आचार्य (बालकृष्ण) ले बताए । पदिय उन्माद चढेको सरकार प्रति नेपाली काग्रेस दोलखाले शसक्त खबरदारी गर्ने सचिब आचार्यले चेतावनीसमेत दिए।                                                                 ल हेर्नुस नेपाली काङ्ग्रेस दोलखाका पार्टी सचीवहरु सुर्य प्रशाद आचार्य र सन्तोष रिमालद्वारा हस्ताक्षर गरिएको बक्तब्य                                                                                    कोरोना भाईरसको माहमारी विरुद्ध सिंगै मुलुक जुधिरहेका बेला आयोजनाको खर्चमा सरकारका
मन्त्रीद्धय पार्वत गुरुङ र बसन्त नेम्वाङ हेलिकप्टरबाट माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको
निरिक्षणमा आउन लागेको प्रति नेपाली कांग्रेस दोलखाको गम्भीर ध्यानाकर्षण भएको छ।
दोलखाको विगु गाउँपालिका १ लामावगरमा निर्माण भईरहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी
जलबिद्युत आयोजना निर्माण कार्यको अन्तिम चरणमा छ । शुरुमा ३५ अर्ब अनुमान गरिएको आयोजना
भष्ट्रचार र कमिशनको चंगुलमा फस्दा लागत बढेर ८० अर्ब नाघिसकेको छ भने ५ बर्षमा सकिने भनिएको
निर्माण अवधी बढेर १० बर्ष पुगिसकेको छ।
नागरिकलाई निषेधाज्ञा लगाएर घर भित्र राखेको सरकार कोरोना विरुद्ध लड्नुपर्नेमा आयोजनालाई
खर्चको बोझ थप्ने गरी हेलिकप्टर चार्टर गरेर नियमित कामको निरिक्षणमा सरकारका दुई मन्त्री निस्किनुलाई
नेपाली कांग्रेस दोलखा ‘काम कुरो एका तिर कुम्लो बोकी ठिमी तिर’ को संज्ञा दिन चाहन्छ।
बिहिबार बटन थिचेर बाँधस्थलको पानी सुरुङ भित्र पठाउने कामको अनुगमनमा आउन लागेको
भनिएका सरकारका मन्त्रीद्धय गुरुङ र नेम्वाङ साथै माहमारीमा समेत उद्धघाटन तथा शिलन्यासको पदिय
उन्माद चढेको सरकार प्रति नेपाली काग्रेस दोलखा खेद प्रकट गर्दै शसक्त खबरदारी गर्न चाहन्छ । आफ्नै
जिल्लामा निर्माण भईरहेको राष्ट्रिय गौरवको आयोजनामा सरकारमा बसेका बेला पानीको बटन थिच्ने कामको
अनुगमनका नाममा फजुल खर्च गराउने दोलखाकै सांसद समेत रहेका मन्त्री गुरुङको कदमको घोर निन्दा र
भर्त्सना गर्दछौं।
कम्तीमा १० दिन लाग्ने अनुमान गरिएको सुरुङमा पानी पठाउने कामको अनुगमनका नाममा माथिल्लो
तामाकोसी जलबिद्युत आयोजनालाई फजुल खर्च गराउने गरी आयोजनास्थल आउन लागेका मन्त्रीद्धयको
कदमको घोर भर्त्सना गर्दै माहमारी नियन्त्रणमा असफल वर्तमान सरकार विरुद्ध सशक्त प्रतिरोधमा उत्रिन सबै
दोलखाबासी दाजुभाई तथा दिदि बहिनी समक्ष हार्दिक अपिल गर्न चाहन्छौं ।
जय नेपाल..!!

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker