तामाकोसी गाउँपालिकाले विपन्न र गरिब नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले विपन्न र गरिब नागरिकको नि शुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। आफ्ना नागरिक आर्थिक अभाव कै कारण स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर निशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो ।

गाउँपालिकाले असहाय बालबालिका, ६५ बर्ष माथिका जेष्ठ नागरिक , लोपोन्मुख माझि, थामिका परिवार, बिधुवा महिलाको निशुल्क स्वास्थ्य बिमा गर्ने तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो।
त्यस्तै गाउपालिकाले ६० बर्ष कटेका एकल महिला, दलित ,स्वास्थ्य स्वयंसेविका र १३ हजार पाँच सय भन्दा कम तलब भएका गाउँपालिका भित्रका सम्पुर्ण कर्मचारीको स्वास्थ्य बिमा बापतको ५० प्रतिशत रकम गाउँपालिकाले ब्यहोर्ने अध्यक्ष पोखरेलले बताउनु भयो। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु गाउँपालिकाको अधिकार क्षेत्रभित्रको विषय हो अध्यक्ष पोखरेलले भने, “नागरिकको अधिकारको संरक्षण गर्न, आर्थिक रुपले विपन्न बीमितको आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम शुरुआत गरेका हौँ ।”
नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर सामाजिक स्वास्थ्य बीमा कार्यक्रम निशुल्क गरिएको गाउँपालिकाले जनाएको छ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker