
खैरहनी उद्योग वाणिज्य संघद्वारा ईलाका प्रहरी कार्यलय खैरहनी लाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
काेराेना महामारीको बिपदले बितण्डा मच्चाईरहेको बेला जनताको जन धनको सुरक्षामा रातदिन फ्रण्टलाईनमा खटिरहेका राष्ट्र सेवक सुरक्षाकर्मीको मनोवल उच्च पार्न साे स्वास्थ्य तथा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएकाे संघका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए ।
उनले संकटमा हामी उधोगी ब्यवसायी साथैमा छौं भन्ने सन्देश प्रवाह स्वरुप स्वास्थ्य सुरक्षाका मापदण्डका लागि आवश्यक सामाग्री मास्क, सेनिटाईजर लगायत पिउने शुद्ध पानी एवं खाजा सामाग्री उपलब्ध गराएको जानकारी दिए ।
साे सामाग्रीहरु एक कार्यक्रमका बिच खैरहनी उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष दिपेन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कुमार खनाल, महासचिव केदारनाथ बर्तौला लगाएतले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय खैरहनिका प्रमुख सुवास भट्ट लाई हस्तान्तरण गरेका थिए ।