चीनबाट बैसाखभित्रै पहिलो लट अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं । चीनले अनुदान स्वरुप दिने भनेको २० हजार अक्सिजन सिलिण्डर मध्ये पहिलो लट यहि बैसाखभित्र ल्याउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले तयार पारेको कार्य योजनामा पहिलो लट मसान्तभित्र नै ल्याउने तय गरिएको हो ।
पहिलो लटमा कति संख्यामा सिलिण्डर नेपाल आउँछ भन्ने विषय खुलाइएको छैन ।

अक्सिजन सिलिण्डर ल्याउने जिम्मा अर्थ र परराष्ट्र मन्त्रालयलाई दिइएको छ भने समन्वय गर्ने जिम्मेवारी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई तोकिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरसँगै विरामीको संख्या बढेको र हुन सक्ने अक्सिजन अभावलाई न्यूनिकरण गर्न सरकारले यहि साताभित्र पहिलो लट ल्याउन लागेको हो ।

चीनले अनुदान स्वरुप नेपाललाई २० हजार अक्सिजन सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको थियो । यही बीचमा सरकारले भारतबाट पनि लिक्विड अक्सिजन आयातको कूटनीतिक पहल जारी राखेको छ ।

यस्तै उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डरहरु समेत तानेर कोभिड अस्पतालहरुलाई उपलब्ध गराउने प्रधानमन्त्री कार्यालयको कार्ययोजनामा छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker