बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवम् गायक प्रेमध्वज प्रधानको आज निधन भएको छ ।

छातीमा समस्या देखिएपछि उहाँलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । ८२ वर्षीय प्रधानको उपचारका क्रममा दिउँसो पौने दुईबजेतिर अस्पतालमा निधन भएको हो ।

प्रधानको शवलाई आजै दाहसंस्कार गर्ने तयारी भैरहेको उनका भतिज मञ्जुकुमार प्रधानले जानकारी दिनुभएको छ । प्रधानका दुईवटा छोराहरु अमेरिकामा हुनुहन्छ ।

प्रधानका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् । सात सयभन्दा बढी गीत रेकर्ड गराउनुभएका प्रधान बाल्यकालदेखि नै संगीतमा लाग्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker