प्रदेश १ मा थपिए ७९१ संक्रमित

विराटनगर । प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा र पाँचथरमा २/२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २/२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १/१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा ९/९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५/५, गढीमा ३, बर्जु र रामधुनीमा २/२, हरिनगर र भोक्राहानरसिंहमा १/१, झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२/१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४/४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १/१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १/१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, तेह्रथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १/ १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १/१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker