नेकपा एमालेका शिर्ष नेताबिच छलफल हुँदै

काठमाडौं । फुटको संघारमा पुगेको नेकपा एमालेको विवाद पछिल्लो चरणमा आइपुग्दा सहमति उन्मुख भएको छ । एमाले भित्रका नेता कार्यकर्ताको दवाव बढ्दैगएपछि शिर्ष नेताबिच छलफल अघि बढेको छ ।

यसका लागि दोस्रो तहका नेताहरुले वातावरण बनाउने भूमिका निर्वाह गरेका छन् । अन्ततः आजै एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच छलफल हुने भएको छ । यद्यपी समय र स्थान भने अझै तय भइसकेको छैन । हिजो पनि दुई नेताबिच केहिबेर छलफल भएको पार्टीस्रोतले जानकारी दिएको छ ।

नेता कार्यकर्ताको चाहना पार्टी एकता कायम राख्नुपर्नेमा रहेकाले त्यसको दवावमा दुवै पक्षले अडान राखेपनि केहि लचिलो बन्दै गएका छन् । अध्यक्ष ओलीले कारवाही गरेका नेता नेपाललगायतकाको कारवाहि फुकुवा गर्नेलगायतका विषयमा पनि यसअघि छलफल भइसकेको छ ।

यसबीचमा वरिष्ठ नेता नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पनि पार्टी एकताका बिषयमा छलफल भएको छ भने दोस्रो तहका नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र योगेश भट्टराईलगायतका नेताहरुबिच पनि घनिभूत छलफल भइरहेका छन् । शिर्ष तहमा शुरु भएको वार्ता र छलफलले तल्लोतहका नेता कार्यकर्ताहरु उत्साहि बनेका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker