कोरोना परिक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आज स्वाब संकलन गरिएको छ ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसँगै उहाँका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

यसअघि गत बुधबार प्रतिनिधिसभाका सांसदहरु र कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । ति मध्ये ४ जना सांसद र संसद सचिवालयका ३ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker