झापामा कोरोना सङ्क्रमितका लागि छुट्याएको अधिकांश बेडहरु भरिए 

झापा । कोरोनाको संक्रमितको संख्या दैनिक बढ्दै जानथालेपछि झापाका अधिकांश अस्पतालका बेडहरु समेत भरिन थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालले कोरोना सङ्क्रमितका लागि छुट्याएको बेडहरु अधिकांश भरिएका हुन् ।

मेची प्रादेशिक अस्पतालमा एक सय बेड कोरोना सङ्क्रमितको उपचारका लागि छुट्याइएको थियो । ति मध्ये २५ बेडको आइसीयु तथा एचडीयु भरिएको छ भने नयाँ भवनमा सञ्चालित कोभिड अस्पतालको ७५ बेडको आइसोलेसनमध्ये ५० बेड भरिएको छ ।

यसैगरि बिएण्डसी हस्पिटलमा २५ बेडको आइसीयू तथा भेन्टिलेटर र ७५ बेडको आइसोलेसन वार्ड कोरोना सङ्क्रमितका लागि छुट्याइएको छ । बिएण्डसीका पनि अधिकांश बेड भरिएका छन् ।

पछिल्लो समय संघिय राजधानी देखि देशका विभिन्न स्थानबाट समेत कोरोना संक्रमितको उपचारका लागि ल्याउनेक्रम बढेपछि बिएण्डसीमा चाप बढेको हो ।

यस्तै मनमोहन सामुदायिक अस्पतालमा अक्सिजनसहितको १० शैय्या र विर्तासिटी अस्पतालमा २५ शैय्याको कोभिड उपचार कक्ष रहेको छ । बिर्तासिटीको कोरोना आरक्षित बेड पनि यतिबेला भरिएका छन् भने मनमोहनमा विरामी उपचारार्थ भर्ना नहुँदा खालि छ ।

यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले झापाका सरकारी तथा निजी अस्पतालहरुको अनुगमन सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले निजी तथा सरकारी अस्पतालहरुको अनुगमन गरेर त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरुको उपचार अवस्थाको बारेमा जानकारी लिइएको बताउनुभएको छ ।

उहाँले झापाका १५ वटा स्थानीय तहले पाँचदेखि ५० बेडसम्मका कोभिड ओइसोलेसन कक्षहरु स्थापना गरेको हुँदा तत्काल जिल्लामा सङ्क्रमितका लागि बेडको अभाव नरहेको बताउनुभयो ।

अनुगमनका क्रममा निजी अस्पतालहरुलाई आवश्यकता अनुसार अक्सिजनसहितका बेड थप गरी सङ्कटका बेला सरकारलाई सहयोग गर्न आग्रह गरिएको उहाँले बताए ।

यद्यपी मेची प्रादेशिक कोभिड अस्पतालमा भने जनशक्तिको अभाव रहेको भन्दै उहाँले प्रदेश सरकारलाई जनशक्ति थपका लागि माग गरिएको बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker