डिभी चिठ्ठाको नतिजा सार्वजनिक

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार गएराति २०२२ को डिभी नतिजा सार्वजनिक भएको हो । डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker