कानून दिवसमा राष्ट्रपतिको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ को अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ ।

आज ट्वीट गर्दै कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना दिनुभएको हो ।

उहाँले अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन कानुन दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker