बोली र व्यवहार एउटै गरौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोली र व्यवहार एउटै गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको विशेष वैठकमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले बोली एकातिर व्यवहार अर्कोतिर नगर्न सुझाव दिनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै उहाँले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने समेत बताउनुभएको छ । उहाँले आफैंले मुद्दा जितेर ल्याएको संसद भोट दिए जोगिने भन्दै उहाँले विपक्षीसँग विश्वासको मत माग्नुभएको छ । उहाँले भन्नुभयो‘विश्वासको मत दिँउ,मुद्दा लडेर फिर्ता ल्याएको संसद बचाउँ ।’ओलीले चुनाव हुँदैमा लोकतन्त्र खतरामा नपर्ने बताउनुभयो ।

यस्तै प्रधानमन्त्री ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताउनुभएको छ । उहाँले विकल्प प्रस्तुत गर्नकै लागि आफूले विश्वासको प्रस्ताव लिन लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो‘विश्वासको मत भनेको संसद बाहिर गरिएको हल्ला होइन, आरोप प्रत्यारोप होइन। यो संसदभित्रको प्रक्रिया हो । मैले संसदको विश्वास म माथि छ भन्ने पुष्टि गर्न लागेको हुँ ।’ उहाँले आफू स्थायित्व र स्थिरताका लागि संसदमा खडा भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रश्नको जवाफदिँदै आफूले मानव साङ्लोलाई माखे साङ्लो भनेको भनेर उदुम मच्चाइयो । मैले माखाको साङ्लो भनेको होइन । माखे साङ्लो भनेको एकप्रकारको जटिलयन्त्र हो ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker