ढुङ्गाले थिच्दा बालकको मृत्यु

विराटनगर । ताप्लेजुङ मेरिङदेन गाऊँपालिका– २ स्थित सान्थाक्रामा एक बालकको ढुङ्गाले थिच्दा मृत्यु भएको छ । स्थानीय १३ वर्षीय बालक फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको हो ।

दिउँसो साढे २ बजे फूङलिङ नगरपालिका ७ स्थित सव–बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सनले भिरको चट्टान फोर्ने काम गरिरहेका बेला उनलाई माथिबाट झरेको ढुङ्गाले थिचेको हो ।

सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गएका बालक फुर्वालाई ढुङ्गा ओसार्ने क्रममा ढुङ्गा झरेर थिच्दा घट्नास्थलमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker