पूर्वराजा ज्ञानेन्द्र संक्रमण मुक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको कोराना संक्रमण मुक्त हुनुभएको छ । उहाँको २ दिनअघि पुनः गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै पूर्व वडामहारानी कोमल शाहको अवस्थामा पनि क्रमिक सुधार भएको छ ।

नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत कोमललाई वार्डमा सारिएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएकी शाहलाई त्यसको केही दिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उहाँको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको हो । पछिल्लो समय उहाँलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको अस्पतालले जानकारी दिएको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको भने यसअघि नै कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker