तामाकोसी गाउँपालिकामा एकैदिन ३४ जनामा कोरोना पोजिटिभ , एउटै वडामा २५ जना

सुजन काफ्ले
दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाका ३४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
गाउँपालिकाको झुलेमा २ जना, हावामा ७ जना, र शहरेमा २५ जना गरेर ३४ जनालाई कोरोना पोजिटिभ देखिएको हो ।

पोजिटिभ हुनेहरु धेरैजसो राजाधानी लगायत जिल्लाहरुबाट घर फर्केका थिए। जसमा २ जना स्वास्थ्यकर्मी समेत रहेको तामाकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिए। गाउँपालिका भित्रका सम्पुर्ण नागरिकलाइ घरभित्रै बस्न र स्वास्थ्य सावधानी अपनाउन समेत संयोजक मिश्रले आग्रह गरेका छन। गाउँपालिका – ५ शहरेमा आज मात्र नै २५ जनामा पोजिटिभ देखिए सगै सबैजनालाई बिशेष सतर्क रहन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker