
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक केहिबेर अघि शुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक शुरु भएको हो ।
बहुमत सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७२ घण्टे समयसीमा सकिनै लाग्दा दलहरु छलफलमा ब्यस्त भएका छन् ।
कांग्रेस पदाधिकारी बैठक नयाँ सरकार गठनका लागि अन्य दलहरूसँग भइरहेका प्रयास र अबको रणनीतिलगायतका विषयमा केन्द्रित रहने बताइएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा केहिबेरपछि वैठक बस्ने बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति देउवाबिच केहिबेर अघि बसेको वैठकमा बहुमतीय सरकारका लागि दावी पेस गर्ने सहमति बनेको थिए । यद्यपी अहिलेसम्म विपक्षी गठबन्धनका पक्षमा बहुमत पुग्न सकेको छैन ।