रतुवामाईमा ३० बेडको कोरोना अस्पताल सञ्चालन हुने

प्रवेश बिष्ट, इटहरा । मोरङको रतुवामाई नगरपालिकाले झुर्कियामा रहेको नगर अस्पतालमा आजदेखी ३० जनासम्म विरामीलाई उपचार गर्न सक्ने व्यवस्था गरेको छ ।
कोरोना भाइरस ९कोभिड(१९० को नयाँ भेरियन्टको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि संक्रमितको उपचारका लागि झुर्कियामा रहेको नगर अस्पतालको क्षमता वृद्धि गरेर ३० जना बिरामीको उपचार गर्न सक्ने बनाइएको हो ।

झुर्कियामा गत वर्षको कोरोना महामारीमा नै १५ बेडको कोभिड अस्पताल संचालनमा ल्याइएको थियोे । हाल दोस्रो लहरको जोखिम बढ्दै गएपछि थप १५ जना विरामीलाई राख्ने व्यवस्था गरिएको नगर प्रमुख रविन राईले जानकारी दिनुभयो ।

अक्सिजन सहितको सेवा रहेको नगर अस्पताल झुर्कियामा एक जना डाक्टरसहित ५ जना नर्स कार्यरत छन । अस्पतालमा शनिबारबाट एक जना डाक्टरसहित अन्य स्वास्थ्यकर्मी पनि थप हुने अस्पतालले जनाएको छ ।

बिरामीको अवस्था जटिल बन्दै गएमा र यहाँ उपचार हुन नसकेमा नगरपालिकाकै एम्बुलेन्स मार्फत निः शुल्क अन्य अस्पताल लैजाने व्यवस्था गरेको पनि नगरप्रमुख राईले बताउनुभयो । नगरपालिकामा हाल दुई वटा एम्बुलेन्स रहेका छन् ।

अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पछिल्लो समय रतुवामाई नगरपालिकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ । नगरपालिकामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अत्यावश्यक बाहेकका सबै बजार पसल गरेको छ ।

त्यस्तै नगरले नगरपालिकाको कार्यालय र मातहतका सबै कार्यालयहरु अर्को सुचना नभएसम्मका लागि बन्द गरेको छ ।

रतुवामाईमा हालसम्म ३१ जना कोरोना संक्रमित छन् भने एक जना कोरोना मुक्त भएका छन् । नगर अस्पतालमा पिसिआर र एन्टिजेन परीक्षणको पनि व्यवस्था मिलाईएको नगरपालिका कार्यालयले जनाएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker